Nepal Logo

प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का घटनाहरुको नियमित सूचना संकलन र विश्लेषणलाई मध्यनजर गर्दै कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक अत्यावश्यक उपभोग्य बस्तुको सहज आपूर्ति तथा गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणलाई महत्त्व दिएर यस पोर्टल निर्माण गरिएको छ।

यसमा उपभोक्ताहरुले आफ्नो परिवारलाई चाहिने आवश्यक खाद्यवस्तु तथा औषधीहरुको माग गर्न सक्नेछन् । साथै स्थानीय तहले User बनाई उपलब्ध गराइएका फर्म मार्फत प्रदेशस्तरीय कोरोना भाइरससम्बन्धी विविध विवरण घटनागत आधारमा अद्यावद्यिक गर्न सक्नेछन्।

केही जानकारी तथा जिज्ञासाको लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता (नारायण आचार्यः ९८५१०४७१७३) र सूचना अधिकारी (शिव परियारः ९८५७६२४१११) लाई सम्पर्क गर्न सक्नुहुनेछ।

COVID-19 को घटनागत विवरण तथा राहतसम्बन्धी पोर्टल

सहज खाद्यान्न प्याकेज सम्बन्धी जानकारी
घरपरिवारलाई खाद्यवस्तु, औषधी आवश्यक परेमा भर्ने फारम
स्थानिय तहले भर्नु पर्ने फारम

सहज खाद्य प्याकेज
सामानको विवरण परिमाण दर जम्मा मूल्य
चामल स्टिम जिरा (राम्रो) २५ के.जि. ६६।– १६५०।–
पिठो (आँटा) चक्की ५ के.जि. ६०।– ३००।–
दाल (रहर, मास, मुसुरो) २ के.जि. १३०।– २६०।–
चीनी १ के.जि. ८०।– ८०।–
सनफ्लावर तेल २ लिटर १६०।– ३२०।–
सेतो केराउ २ के.जि. ७५।– १५०।–
आयो नुन २ के.जि. २०।– ४०।–
चिउरा २ के.जि. ८०।– १६०।–
चियापत्ती ५०० ग्राम २००।– २००।–
मसला २०० ग्राम १००।– १००।–
वेसार १०० ग्राम ४०।– ४०।–
चाउचाउ ५ प्याकेट १६।– ८०।–
चना १ के.जि. १२०।– १२०।–
जम्मा ३५००।-